जलवायु परिवर्तन न्यूनीकरणमा ग्रिन केमिस्ट्रीको भुमीका”

“जलवायु परिवर्तन न्यूनीकरणमा ग्रिन केमिस्ट्रीको भुमीका”
आधुनिक विज्ञानले ल्याएको सकारात्मक परिवर्तनलाई हामीले सधैँ ध्यानमा राख्दै आएका छौ। तर सकारात्मक परिवर्तन सँगसँगै नकारात्मक परिवर्तनहरू पनि दिनानुदिन बढ्दो क्रममा रहेका छन् । आधुनिक विज्ञानले ल्याएको थुप्रै नकारात्मक परिवर्तन मध्य एक हो अम्लीय वर्षा र जलवायु परिवर्तन !हामी मानव जातिले आफ्नो व्यक्तिगत प्रयोजनका लागी विभिन्न कलकारखाना, उधोग धन्दाका साथै विभिन्न यातायातका साधनहरू प्रयोग गर्दै आएका छौ। ती साधनहरूलाई सञ्चालनमा ल्याउन इन्धनको आवश्यकता पर्ने गर्छ। सो इन्धनको प्रज्वलन भएर विभिन्न यातायातका साधन तथा कलकारखाना सञ्चालनमा आउने गर्छन् । तर इन्धनको प्रज्वलन वाट निस्केको विषाक्त ग्यासले कस्तो प्रकारको असर गर्छ के हामीले कहिल्यै सोच्यौ ? कतै हाम्रो पर्यावरण वा वातावरण प्रदूषित गर्न ती रसायनहरूको ठुलो भूमिका त छैन ? किन हाम्रो दिनानुदिन पर्यावरण खस्किँदो अवस्थामा छ ? पृथ्वीको तापक्रम किन दिनप्रति दिन बढ्दो क्रममा छ भन्ने कुराहरू कहिल्यै हामीले सोच्यौ ? विभिन्न कलकारखानाबाट निस्केका रसायनहरू कहा जान्छन होला? के रसायनहरु मानव जातीको लागी हानिकारक छन? छन भने अबको रसायन न्यूनीकरणको चुनौती के? कस्तो प्रकारको केमिस्ट्री आवस्यक छ रसायन न्युनीकरणमा?? एक पटक सोचौ! अबको हाम्रो चुनौती वातावरणीय पनी एक हो!! किनकी यो मानव स्वास्थ्य संग प्रत्यक्ष रुपमा जोडिएको छ!!

विभिन्न प्रकारका कलकारखाना वा यातायातका साधनबाट निस्कने विषाक्त ग्यासमा विभिन्न प्रकारका रसायनहरू जस्तै नाइट्रोजन, सल्फरडाइक्साइड, कार्वनडाइअक्साइड जस्ता ग्यासहरू पाइने गर्छन् । सोही ग्यासहरू वायुमण्डलमा रहेको जल वाष्प (water vapour) सँग मिल्दा अम्ल बन्छ। सोही अम्ल पृथ्वीमा पानी वा असिनाको रुपमा खस्दछ। जसलाई अम्लीय वर्षा भनेर भनिन्छ । अब हामी आफै कल्पना गर्न सक्छौ की, के अम्लले हाम्रो पर्यावरणलाई सकारात्मक दिशा तर्फ लैजान्छ त ? अवश्य पनि लाँदैन अम्लले पृथ्वीमा रहेका समस्त प्राणी तथा वनस्पति, भौतिक निर्माण तथा माटोको गुणस्तरमा समेत असर पुर्याएको हुन्छ । अम्लीय वर्षा हुँदा यस प्रकारको रसायनिक प्रतिक्रिया हुन्छ ।

3NO2(g)+H2O gives 2HNO3(aq)+NO(g)
SO2(g)+O2 gives SO3(g) +H2O gives H2SO4
अम्लीय वर्षा हुनुको कारण
विभिन्न प्रकारका इन्धन जस्तै कोइला, पेट्रोल वा डिजेलको प्रज्वलन हुँदा त्यहाँबाट प्रशस्त मात्रामा CO2, SO2 र NO2 जस्ता विषाक्त ग्यासहरू उत्पन्न हुने गर्दछन् । सो ग्यासहरू हावामा फैलिई त्यसमा रहेको जलवाष्प संग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुने गर्दछ । हावामा मिसिएको कारणले गर्दा ती विषाक्त ग्यासहरू धेरै दुरी सम्म पनि फैलिन सक्छन् र अन्ततःजमीनमा अम्लीय वर्षा हुने गर्दछ । कहिलेकाहीँ ती विषाक्त ग्यासहरू असिना, हिउँ, र हुस्सुमा समेत परिणत भएर जमिनमा खस्ने गर्दछन् ।

अम्लीय वर्षाको असर:
अम्लीय वर्षा विभिन्न ताल, पोखरी, नदी तथा नालाहरूमा मिसिने गर्दछ। जसले गर्दा त्यहाँ भएका माछा तथा जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन्। र साथै अम्लीय वर्षाले जमिनमा भएको वनस्पतिलाई पनि क्षति पुर्याउने गर्दछ । सन १९८४ मा जर्मनीमा अम्लीय वर्षा भएको थियो। जसले त्यहाँको “ब्ल्याक फरेस्ट–घना कालो जङ्गल“ नामक जङ्गलको आधा–भाग नष्ट गरेको थियो। अम्लीय वर्षा खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्याउनसक्छ।साथै अम्लीय वर्षाले ऐतिहासिक सम्पदा धरोहरहरूमा समेत क्षति पुर्याउन सक्छ । वैज्ञानिकहरूका अनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गर्ने गर्छ । जसले गर्दा सो विषालु पदार्थले वनस्पतिहरूको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन् । सो विषाक्त पदार्थ बगेर विभिन्न जलीय स्रोतमा पुगी जलीय प्रणालीलाई समेत प्रत्यक्ष रुपमा असर गरी राखेको हुन्छ ।

अम्लीय वर्षालाई न्यूनीकरण कसरी गर्न सकिन्छ ?
अम्लीय वर्षालाई न्यूनीकरण गर्न सर्वप्रथम विषालु ग्यासहरूको उत्पादनमा कमी ल्याउनु पर्ने हुन्छ । विषाक्त ग्यासहरू भन्नाले CO2, SO2 र NO2 जस्ता ग्यासहरूलाई जनाउने गर्दछ। यी विषाक्त ग्यासहरू विभिन्न कलकारखाना तथा यातायातका साधनहरूबाट निस्कने गर्दछन्। त्यसैले अम्लीय वर्षा रोकथाम गर्ने हो भने यस्ता कलकारखानाबाट धुवा निस्कने चिम्नीमा फिल्टर जडान गर्नुपर्दछ। त्यस्तै सवारी साधनहरूमा “क्याटलाईटिक कन्भटर” लगाउन सकिन्छ । जसले गर्दा लाई हावामा मिसिन वाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याऊँ । अर्को महत्त्वपूर्ण उपाय भनेको अनवीकरणीय स्रोतको सट्टा नवीकरणीय स्रोतलाई प्रयोगमा ल्याउन सकिन्छ । माथि उल्लिखित कार्यहरू गर्न सके अम्लीय वर्षालाई हामी रोक्न सक्छौ अन्यथा अम्लीय वर्षा पृथ्वीमाभई यसले वनस्पति, जैविक प्रणालीका साथै प्राकृतिक स्रोत सम्पदालाई प्रत्यक्ष असर पार्ने निश्चित छ। विभिन्न प्रकारका वातावरणीय समस्यलाई न्यूनीकरण गर्नको लागी वर्तमान परिपक्षमा ग्रीन केमिस्ट्रीले महत्त्वपूर्ण भुमीका खेल्दैछ! विभीन्न प्रकारको वातावरणीय समस्यालाई न्यूनीकरण गर्ने एक प्रमुख शाखा हो “ग्रिन केमिस्ट्री”
आधुनिक विज्ञानको विकाश सँग सँगै हामी अगाडी बढिरहेका छौ।हामीले विज्ञानलाई जानेर वा नजानेर प्रयोग गरिरहेका छौ, केही आफ्नो व्यक्तिगत स्वार्थको लागी, तर विज्ञानको जथाभाबी प्रयोगले हाम्रो पर्यावरण वा वातावरणमा कस्तो असर पर्‍यो के हामीले कहिल्यै सोच्यौ ? कुनै पनि वैज्ञानिक प्रयोग वा कार्यको थालनी गर्न दीर्घकालीन सोच हुनुपर्छ। तर हामी आफ्नो क्षणिक फाइदाको लागी वैज्ञानिक आविष्कार गर्दै गयौ । विज्ञानको विशेष गरेर रसायन विज्ञानको जथाभाबी प्रयोगले हाम्रो पर्यावरणमा पारेको असर र त्यसको दीर्घकालीन समाधान गर्ने रसायनशास्त्रको एक प्रमुख शाखा हो ग्रिन केमिस्ट्री ।
ग्रिन केमिस्ट्री रसायनशास्त्रको त्यो शाखा हो जसले प्रकृति र मानव बिच सन्तुलन राख्न अहम् भूमिका खेली रहेको हुन्छ । सबैभन्दा पहिले १९९८ मा ग्रिन केमिस्ट्रीको प्रोग्रामलाई पल एनासटसले अगाडि बढाएका थिए । ग्रिन केमिस्ट्रीले नवीकरणीय स्रोत र साधनलाई प्रयोग गरी त्यसबाट निस्कने बाई प्रोडक्ट वा हानिकारक बस्तुको न्यूनीकरण गर्ने गर्छ। त्यसैले यो केमिस्ट्रीको प्रयोग विशेष गरेर औद्योगिक क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ ।
विज्ञानको एक अभिन्न अङ्ग मानिने रसायन विज्ञानको एक शाखाको रुपमा रहेको ग्रिन केमिस्ट्रीले वातावरणको संरक्षणमा अहम् भूमिका खेल्दै आएको छ । रसायनशास्त्रको अव्यवस्थित अत्यधिक प्रयोगले निस्केका हानिकारक रसायनहरूलाई दीर्घकालीन समाधान गर्न ग्रिन केमिस्ट्रीले ठुलो टेवा पुर्‍याएको छ । त्यसैले वर्तमानपरीपक्षमा ग्रिन केमिस्ट्री एक रोचक अध्ययनशील विषय बनी रहेको छ ।
हामीलाई थाहा छ, रसायन विज्ञानविना जीवन असम्भव छ । हाम्रो शरीरमा हुने गरेका बायोलोजिकल प्रक्रियाहरू सबै रसायन विज्ञानको देन हो । त्यति मात्र नभएर हाम्रो दैनिक जीवनमा प्रयोगमा आउने साबुन कोलगेट देखी लिएर विभिन्न औषधीहरू बनाउनको लागि समेत रसायनशास्त्रले ठुलो भूमिका खेली रहेको हुन्छ।आजको युग भनेको सिन्थेटिक केमिस्ट्रीको युग हो । विभिन्न चीज वस्तुहरूको निर्माण गर्दा विभिन्न हानिकारक रसायनहरू बाई प्रोडक्टको रूपमा निस्किरहेका हुन्छन् ।
ती रसायनहरू वातावरणमा गएर वातावरणीय पर्यावरणलाई बिगारी रहेका हुन्छन् । जसले गर्दा विभिन्न Air borne disease हरू बाट हामी सिकार हुन् पुग्छौ । बाई प्रोडक्टको रूपमा निस्केका रसायनहरूलाई दीर्घकालीन रुपमा न्यूनीकरण गरी नवीकरणीय स्रोत र साधनलाई बढाउनु ग्रिन केमिस्ट्रीको प्रमुख उद्देश्य हो । ग्रिन केमिस्ट्रीले विभिन्न प्रकारका हानिकारक रसायनहरूलाई रूपान्तरण गर्ने गर्छ ।
ग्रिन केमिस्ट्रीका प्रमुख उद्देश्यहरुः
१० कुनै पनि रसायनहरूले दीर्घकालीन रूपमा पर्यावरणमा पार्ने असरलाई मध्यनजर गर्दै सो रसायनको उत्पादनमा कमी ल्याउनु,

२० हानिकारक रसायनहरूको दीर्घकालीन असरलाई रोक्नु,

३० प्रदूषण रहित वातावरणको सिर्जना गर्नु,

४० नवीकरणीय स्रोत र साधनको प्रयोगलाई जोड दिनु,

५० मानव जीवनलाई हानि नगर्ने किसिमका चिज बस्तुको निर्माण गर्नु,

६० रासायनिक उत्पादनको दीर्घकालीन समय सम्म प्रयोग गर्नु र विषाक्त रहित पर्यावरणको निर्माण गर्नु,

७० औद्योगिक क्षेत्रहरूमा प्रयोग गरिने कच्चा पदार्थलाई सही तरीकाले छानी त्यस वाट हुन सक्ने सम्भावित घटनालाई न्यूनीकरण गर्नु,

समयमै ग्रिन केमिस्ट्रीको अध्ययन गर्न र यसलाई बुझ्न सके भविष्यमा रसायनहरूको कारणले पर्यावरणमा आउन सक्ने अम्लीय वर्षा जस्ता वातावरणीय समस्याहरूबाट बच्नका साथै भविष्यमा आउने जलवायु परिवर्तनको समस्याबाट बच्न सकिन्छ । अन्यथा पर्यावरणमा नकारात्मक असर परी वातावरणीय विकराल रुप लिने निश्चित छ ।

 

ताजा समाचार