कैलालीमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी, कैलालीमा क्रेनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश-२-०३-००१क २०२७ नम्बरको क्रेनले हिजो राति नौँ बजेतिर ठक्कर दिएको थियो। क्रेनको ठक्करबाट घाइते भएका लम्कीचुहा-४ का ४२ वर्षीय किरणप्रसाद शर्माको मृत्यु भएको हो।

उपचारको लागि लालरत्न अस्पताल लम्की लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा हिजो राति नै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। क्रेन र क्रेन चालक धनगढी उपमहानगरपालिका-१९ का २५ वर्षीय सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

ताजा समाचार