मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग हुने

काठमाडौं , टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुसम्म चल्नेछ ।

क्यानले सोमबार साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे। लिगको मिति समेत सार्वजनिक गरिएको छ। क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ।

क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो। यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो।

राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिवद्धता जनाए ।

 

ताजा समाचार