अत्तरिया, कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा साझको समयमा धनगढी उप-महानगरका नगर प्रहरीको सहयोगमा गोदावरीको सिमा क्षेत्रमा चौपाया पठाउदै गरेको भिडियो सामाजिक संन्जालमा बाहिरिएको छ ।
बिहीबार साँझको समयमा धनगढीको ६ लेन सडक खण्ड हुदै गोदावरी नगरपालिका क्षेत्रमा गाई बस्तु लखेट्दै गरेको प्रतक्षदर्शी आफू नै रहेको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
कैलाली र कञ्चनपुरका अधिकाङ्स बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिमले निकै सावधान रहन्छन् । ‘कहाँनिर कतिबेला ठोक्किने हो थाहै हुँदैन,बजार, सडकभर छाडा चौपायाको हूल हुन्छ ।’ रातिको समयमा दुर्घटनाको जोखिम झनै बढी हुने अत्तरियाका ब्यावसायी नयन सिंह बिष्टले बताएका छन ।
छाडा चौपायाका कारण सडकमा दुर्घटाना सँगै कृषकहरुको बालीनाली खाने गर्नाले हैरानी खेप्दै आएका छन्। छाडा चौपाया विशेष गरी गाई गोरुले कृषहरुले खेतमा रोपेको धान बाली सखाप परेपछि धेरै किसानहरु मर्कामा परेका हुन्।
कैलाली कञ्चनपुर जिल्लाको गाउँदेखि शहरको चोक-चोक र खेत खेतमा छाडा चौपायाहरु रहेका छन्। कृषकहरुले जति भगाए पनि गाई गोरुहरुले धान खाएपछि यस वर्ष धान बालीमा ठूलो नोक्सानी व्यहोर्न बाध्य छन्। ‘रोपेका धान बचाउन बार लगाएपछि त्यसलाई भत्काएर गाई गोरुले खाइदिए’ उनले भने ‘जरादेखि नै धान खाएपछि यस पाली धान खेतीमा ठूलो नोक्सानी व्यहोर्न परेको जानकारी गेटाका शिवराम चौधरीले बताएका छन ।’
यता गोदावरी नगरपालिकाले स्थानीय तहको दोस्रो निर्वाचनलगत्तै वडा ७ को सामुदायिक बनमा गौशाला निर्माण गर्दै गरेको छ । पालिकाले बिभिन्न वडामा गाईबस्तुका लागि हेरालु राखेको छ ।
तराईका जिल्लामा बढ्दो छाडा चौपाया नियन्त्रण गर्न नसक्दा धनगढी, कृष्णपुर, गौरीगंगा र गोदावरी नगरपालिकाका सडकहरु अव्यवस्थित बनेका छन । छाडा चौपाया व्यवस्थापनका लागि हालसम्म पालिका अनुसार आ आफ्नै योजना ल्याएको देखिन्छ तर दिगो र स्थाईत्वको लागि गोदावरी नगरपालिकाले पनि वडा न. ७ को सामुदायिक वनमा गौसालाको अन्तिम चरणमा पुगेको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
तराईका जिल्लामा गाईबस्तुले दिनभरी नै आहार खोज्दै बजार बजार चाहर्ने गरेका छन्। चौपायाले गर्ने जथाभावी दिशा-पिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ। बाटो–बाटामा गाईवस्तु बस्ने भएकाले यात्रुलाई हिँडडुल र
सवारीसाधनलाई आवागमन गर्न समस्या परेको अत्तरियाका ट्राफिक प्रहरी गुनासो गर्छन्। बाटोमा रहेको चौपायालाई हटाउने की सवारी साधनको चेकजाच गर्ने भन्दै उनीहरुले छाडा पशुका कारण सडक दुर्घटनामा वृद्धिसमेत भएको बताएका छन ।