अत्तरिया , कैलालीको गोदावरी नगरपालिकामा भोली (शुक्रबार) सार्वजनिक बिदा दिईएको छ । नगरपालिकाले आज (बिहीबार) एक सूचना जारी गर्दै थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा जारी सूचनामा नगर कार्यपालिकाको यहि साउन ११ गते बसेको ११४ औं कार्यपालिका बैठकले १ दिन स्थानीय विदा दिने निर्णय गरेको उल्लेख छ ।
सूचनामा गोदावरी नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा बिद्यालयहरुमा स्थानीय बिदा रहने जनाईएको छ ।
साथै उक्त पर्वको अवसरमा सम्पुर्ण नगरवासिहरुमा नगरपालिकाको तर्फबाट शुभकामना समेत व्यक्त गरिएको छ । थारु समुदायमा गुरुही पर्व धुमधाम साथ मनाउने प्रचलन रहेको छ ।