सुदुरपश्चिका मुख्यमन्त्री शाह र मन्त्रीले लिए सपथ

अत्तरिया, सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मिँया को कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमका बिच उनले सपथ लिएका हुन ।

उनलाई प्रदेश प्रमुख मिँयाले सपथ खुवाएका हुन । यस्तै प्रमुख मिँयाले  नब नियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई सपथ खुवाएका हुन ।

जसमा नेकपा (एमाले) को तर्फबाट भौतिक पुर्वाधार मन्त्रीमा सुरेन्द्र पाल , कृषिमन्त्रीमा वीर बहादुर थापा , आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिरा शार्की रहेका छन् भने एमाले बाट नै राज्यमन्त्रीमा निर्मला साउँद रहेकी छन् । त्यस्तै काँग्रेस को  तर्फबाट आर्थिक मामिला मन्त्रीमा बहादुर सिँ थापा , सामाजिक बिकास मन्त्रीमा मेघराज खड्का रहेका छन् ।

नेपाली (काँग्रेस )कै तर्फबाट राज्यमन्त्रीमा प्रकाश बहादुर बम र सरस्वती खड्का ले सपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टी को तर्फबाट लक्षम्ण किसोर चौधरीले मन्त्री को सपथ लिएका छन् ।

केन्द्रमा नेकपा ( एमाले) र नेपाली (काँग्रेस) को समीकरण बने लगत्तै यहाँ को सरकारबाट एमाले बाहिरिएको थियो ।

त्यसपछि दिर्घ बहादुर सोडारी नेतृत्व को सरकार अल्पमतमा परेको थियो । सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।

 

ताजा समाचार