सुदूरपश्चिममा नेपाली कांग्रेसबाट आज २ जना मन्त्री बन्दै

धनगढी, सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्दैछन्।

दोस्रोपटक आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाएको छ। मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारको तयारी समेत गरेका छन्।

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसबाट २ जना मन्त्रीको नाम टुंगो लागिसकेको नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य विक्रमसिंह धामीले बताए। तर कुन मन्त्रालयको मन्त्री बन्ने भन्ने विषमा भने एकीन भइनसकेको उनले बताए। नेपाली कांग्रेसबाट बहादुरसिंह धाम र मेघराज खड्का मन्त्री बन्ने गरी नाम टुंग्याइएको छ।

 

ताजा समाचार