काठमाडौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको स्थलगत निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थित गर्न, चुहावटमा शून्य सहनशीलता अपनाउन र कार्यालयमा सुशासन कायम गर्न निर्देशन दिनुभयो ।यसअघि हिजो उहाँले गुह्येश्वरी स्थित आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको अनुगमन गरी काम अघि बढाउन निर्देशन दिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले अहिले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम गरिरहनु भएको छ । जस अन्तर्गत हिजो यो मन्त्रालयको नेतृत्व गरिसकेका पूर्वमन्त्री र पूर्व सचिवहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।