अत्तरिया , कैलालीको गोदावरी नगरपालिका-९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ ।

पुर्वपश्चिर राजमार्ग अन्तरगत गोदावरी-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिङ्ग स्कुलको से०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।

बसमा २७ विद्यार्थी सवार रहेका थिए भने बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिएका छन् ।उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ ।

बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको प्रहरीले बताएको
छ ।