ताप्लेजुङ ,शनिबार राति ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। राति १०:३० बजे फक्ताङलुङ गाउँपालिका आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ
भूकम्पले मज्जाले हल्लाएको स्थानीयले जनाएका छन्। तर क्षतिको विवरण नरहेको फक्ताङलुङ गाउँपालिका २ का वडाध्यक्ष भुपेन्द्र चौलागाईंले जानकारी दिए ।
गएको असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो ।