श्रीलङ्का,श्रीलङ्कामा शुक्रवारबाट सुरु भएको एशियाली महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘विमिन्स एशिया कप’ को उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई छ विकेटले पराजित गरेको छ।
पाँच महिनाअगाडि यूएई एसीसी प्रिमिअर कपको विजेता बनेको थियो। उसले शुक्रवारको खेलमा नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो, जसलाई नेपाली टोलीले १६.१ ओभरमा पूरा गर्यो।
दामुल्ला रङ्गशालामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालविरुद्ध यूएईले २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन जोडेको थियो। जबाफमा नेपालले १६.१ ओभरमा ११८ रन जोड्न सक्यो।
नेपालबाट कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् भने ब्याटिङमा सम्झना खड्काले सर्वाधिक ७२ रनको पारी खेलिन्। उनी अविजित रहिन्।