धनगढीमा नगर बस चलाउने तयारी

अत्तरिया, कैलालीको धनगढीमा नगर बस चलाउने तयारी गरेको छ । फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउनका लागि ६ बटा खरिद गरिसेको छ ।

उक्त बस संचालनका लागि धनगढी उपमहानगरपालिकाले बोलपत्र समेत आह्वान गरिसेको छ । नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको हो। फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउन उपमहानगरले बोलपत्र आह्वान गरेको हो।

नगर बसका रुपमा चलाउन ६ वटा बसलाई १० वर्षका लागि ठेक्का लगाउन ३० दिने सूचना निकालिएको छ। वार्षिक न्यूनतम ठेक्का मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार तोलिएको छ। बस सेवा सञ्चालनको ठेक्का सम्झौता गर्न इच्छुक कम्पनी तथा फर्मलाई बोलपत्र पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ।

 

ताजा समाचार