अत्तरिया, आज साउन महिनाको पहिलो दिनन, आज देखि नै महिना भर हिन्दू धर्माबलम्बी महिलाहरुले भगवान् शिवको पूजा आराधना गरी मनाइ रहेका छन् ।
यसै बिच गोदावरी धाम र धनगढीको शिवपुरी धाममा पुजाआजा गर्नका लागि महिलाहरु पुगिरहेका छन् । साउन महिना लागे सँगै शिवको पूजा आजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ ।
विशेष गरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।
धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । उनका अनुसार यो साउन महिना भरी यस पबित्र मन्दिरमा पूजाआजा हुने र पूजाआजाका लागि विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लाग्ने उनले बताएका छन ।
तेसै गरी साउनको पहिलो दिनमा यस पवित्र धाममा साउन महिनाको पवित्र मौसममा रुद्र अविशेष गर्नका लागि गोदावरी धाममा नै कैरोडीनाथ मन्दिर दर्शन गर्न सकिने भएको छ । यस गोदावरी धामलाई समग्र विकास र विस्तारका लागि यस ठाउँमा गोदावरी धार्मिक विकास बोर्डको रुपमा अगाढी बढाउने प्रयास गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । यसै आर्थिक बर्ष देखि यस पालिका भित्र रहेका मठ मन्दिर, तथा सम्बर्धनका लागि खोलिएका समितिलाई एक ठाउँमा राखेर मुल समितिको रुपमा अगाढी बढाउने र उप समितिको रुपमा बिभिन्न मन्दिरमा विकास र संम्वर्धनका लागि जोड दिने जानकारी मेयर भट्टले बताएका छन ।
धामको विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले बृहत गोदावरी धाम विकास समिति गठन गरेर आफ्नो मातहतमा लिई संरक्षण गर्न जरुरी रहेको धाम विकास समितिका अध्यक्ष जोशीको भनाइ छ ।