६ लेन सडकका डिभाईडर गोदावरीका बाढी ग्रसित क्षेत्रमा

अत्तरिया, गोदावरी धाम बचाउन ६ लेन सडक खण्डका डिभाईडरहरुलाई तटबन्धको रुपमा प्रयोग गरिन सुरु गरिएको छ ।

सडक विभागको अनुमतिमा १५० थान डिभाईडर आज देखि गोदावरी नगरपालिकाले तटबन्धका लागि उठाउन सुरु गरेको हो ।

सडक छेउमा राखिएका डिभाईडरले दुर्घटनाको जोखिम बढेको भन्दै डिभाईडर हटाउन थालिएको नगरपालिका स्रोतको दाबी छ । यस्तै केही डिभाईडर खुटिया नदिको तटबन्धनमा यस अधि नै प्रयोग भैसकेका छन् ।

डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पैदलयात्रु, चालकहरुको गुनासो आएपछि सडक दायाँबायाँ राखिएका सबै डिभाइडर हटाउन थालिएको र ती

डिभाइडरहरु गोदावरीको बाढी ग्रसित क्षेत्रमा खुटिया, महाकाली र गोदावरी नदीमा तटबन्धको रूपमा प्रयोगमा ल्याइएको गोदावरीका नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।

खुटियामा ३ सय बढी थान डिभाईडर राखिएको बताउँदै उनले केही थान डिभाईडर गोदावरीमा पनि राखिने बताए ।

६ लेन सडक खण्डको डिभाईडरहरुले तटबन्धन कार्यमा पुलको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सडकका डिभाइडर हटाउँदा ६ लेन सडक खुल्ला देखिएको छ। यद्यपि डिभाइडरको क्षेत्र भित्र गाडी मोटरसाइकल पार्किङ भने कायमै रहेको छ ।

 

ताजा समाचार