अत्तरिया, डडेलधुराकाे परशुराम नगरपालिका वडा न.१ कलेना बस्ने बर्ष अन्दाजी २२ कि ललिता बोहराले बिष (सेल्फाल) सेवन गरी आत्महत्या गरेकी छिन ।
आज बिहान अरिब १०/११ बजेतिर बिष सेवन गरेको थाहा पाएपछि उहाँका श्रीमान भरत बोहराले जोगबुडा अस्पताल भर्ना गर्नु भएको थियो तर भर्ना भएको करिब ३ घण्टा सम्म बचाउन निरन्तर प्रयास गर्दा पनि सम्भब नभई उपचारको क्रममा निधन भएको जोगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीले बताउनु भयाे ।
परशुराम नगरपालिका वडा न.५ परिगाउ माइत घर भएकी ललिता बोहरा माइती घरबाटै भुवनेश्वरी नमुना माबि कक्षा १२ मा अध्ययन गर्नुहुन्थ्यो । ३ बर्षिय छोरीकी आमा समेत रहेकी ललिताले बिष सेवन गर्नुको कारण थाहा नभएको र बिस्तृत अनुसन्धान पछि मात्र भन्न सकिने इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताउनु भयाे । तर अहिलेसम्म जाहिरी समेत नआएको प्रहरी निरीक्षक भाटले बताए ।