गोदावरी-७ मा व्यवस्थित रुपमा गौशाला निर्माण अन्तिम चरणमा

अत्तरियाः तराईका जिल्लामा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले काम अगाडी बढाएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा न ७ को गोलादेवि सामुदायिक वनको बिचमा रहेको मन्दिर परिसरमा व्यवस्थित रुपमा गौशाला निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गोदावरी नगरपालिका भित्र छाडा पशु चौपायाहरुलाई ब्यावस्थापनका लागि गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा पशु चौपायाहरुलाई गास बास सँगै स्याहार सुहारको लागि गौशाला निर्मांण गरेको जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन । सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माणको काम अघि बढाएको छ ।  यो गौशाला निर्माणको पहिलो चरणमा रहेको र यस क्षेत्रमा आउने गाईबस्तुहरुलाई क्रमिक रुपमा व्यावस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको नगर प्रमुख भट्टले बताएका छन ।

किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलमुत्रको अभाव पूर्ति गर्न समेत योगदान गर्ने मेयर भट्टले बताए, यस ठाउँमा गौशाला निर्माण गर्नु पर्छ भन्दै हामी सँग सहजीकरण गर्ने योगी पिताम्बर ज्यू ले पनि यस ठाउँमा गाईबस्तुलाई व्यावस्थापनमा साथ दिने बताएका छन ।

बिगतका बर्षहरुमा हाम्रै पालिकाबाट गौ व्यावस्थापन र हेरालुका लागि बर्षेनी करोडौ रकम खर्च भएको देखिन्छ नै, यसरी खर्च गर्नु भन्दा पालिका भित्र नै दिगो तरिकाले पशुचौपायाहरुलाई व्यावस्थापन गर्न तिर आफूहरु लागि रहेको नगर प्रमुख भट्टको भनाई रहेको छ ।

 

ताजा समाचार