सुखड , नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले नवौँ जिल्ला अधिवेशनको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर जोशि सहित पाँच पदाधिकारीको नाम घोषणा गरिएको हो ।
उपाध्यक्षमा बिष्णु चौधरी, सचिवमा दान बहादुर बिश्वकर्मा, उपसचिवमा नृप बहादुर थ्यायत खड्का, रत्ना कुँवर जोशि रहेका छन्।
जोशी आठौँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। तत्कालीन अध्यक्ष रतन थापालाई कारबाही गरेपछि जोशी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
जोशी सहित जिल्ला अध्यक्षको लागि यज्ञराज ढुङ्गाना र डेजी पाण्डेले पनि दाबी गरिरहेका छन् । आइतबारबाट कैलालीको नबौ जिल्ला अधिबेशन शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।
सोमबारबाट अधिवेशनको बन्दसत्र जारी रहेको छ । सर्वसम्मतबाट नेतृत्व चयनको बिषयमा नेताहरू बिच सहमतिको प्रयास जारी रहेपनि सहमति भने हुन सकेन् । सहमति जुट्न नसकेपछि चुनावि प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।