नेपालमा जागिर खान पढाइमात्रै होइन, पावर पनि चाहिँदो रहेछ।

नेपालमा जागिर खान पढाइमात्रै होइन, पावर पनि चाहिँदो रहेछ।
नेपालमा डिग्री पढाइ हल्का लागेर हो वा बाध्यता भएर हो त्यो कुरा त समय आएपछि पक्कै थाहा होला। छिमेकी भारतमा बनेको ‘१२ फेल’ मुभीको तहल्का पनि हामी धेरैलाई थाहा नै छ।केही दिन सामाजिक सञ्जालमा व्यापक चर्चामारह्यो ‘ यता नेपालमा म भने शैक्षिक प्रमाणपत्रको मात्र काम नहुने अवस्था देखेर स्नातकको पढाइलाई थोरै समयको अनुभवमा सीमित राख्दै अहिलेलाई अध्ययनको यात्रालाई दोधारमा रहेको सोच्दै छु। कक्षा १० पहाडमा पढियो र कक्षा १२ अत्तरिया बाट अध्ययन गरेको म प्रमाणपत्र र स्नातक तहसम्मको पढाइ भने धनगढी गर्दै छु ।अहिले भने म बीच बाटोमा नपुग्दै अलमलिएको छु।

कलेजको भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, प्राध्यापकहरू, अनि सँगै अध्ययन गर्ने साथीहरू सबै पक्षहरू सकारात्मक थियो। अध्ययनको वातावरण सकारात्मक हुँदाहुँदै पनि मेरो अध्ययनको रहर र मार्क कलेजसँगको यात्रालाई यहीँ टुंग्याउने सोचेमा पुग्दैछु।करिब १४ वर्षको लामो अध्ययनको संघर्षमय यात्रामा आधा समय छिमेकी जिल्ला डोटी रहेर अध्ययन गरेको छु।मेरो स्नातकको पढाइ लामो समय भयो करिब ३ वर्ष सम्म अध्ययनको समय बनेको छ।दुर्गम गाउँबाट सहर छिरेको म, अध्ययनको समयमा थुप्रै कुराहरू सिक्ने अवसर पनि पाएँ, दु:ख कष्टकर भए पनि यात्रामा निरन्तर दौडिन प्रयास गरेँ। अहिले म पाँच वर्षको स्नातक अध्ययनको पाँच वर्षको पढाइलाई पूरा गर्न नसक्ने बाध्यात्मक परिस्थितिमा पुगेको छु।

मानव जीवनमा बाँच्नका लागि हामी सबैले केही न केही सङ्घर्ष गर्नैपर्छ, जो कोहीले पनि आफूले राम्रो काम गर्ने सोच राख्नु नराम्रो होइन, म पनि देशमै केही राम्रो गर्नुपर्छ भन्ने सोच राख्ने पात्रमध्ये एक हुँ। मलाई केही गर्ने हुटहुटी मनभित्र चलिरहेको हुन्छ। तर त्यस्तो अवसर भने अहिलेसम्म पाएको छैन। बजारमा बसेर पढ्न थालेको पनि आधा दशक जति पुग्न थालेछ हेर्दाहेर्दै समय बितेको थाहा नै भएन। अहिले बल्ल थाहा भयो उमेर बित्दै गयो, जिम्मेवारी थपिँदै गयो रोजगारको टुंगो लागेन। पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगियो। विभिन्न चपेटामा परियो आर्थिक चपेटा, सामाजिक चपेटा, पारिवारिक चपेटा, यस्ता थुप्रै चपेटाहरू छन् जो जीवनका हरेक मोडहरूमा अब बिस्तारै थपिँदै जाने छन्।

नेपालमा जो कोही व्यक्तिलाई रोजगारबिना बस्नु रहर होइन बाध्यता बनेको छ। रोजगार नहुँदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था र काम नपाउँदाको कठिनाइ धेरैलाई थाहा नै छ। देशको बढ्दो बेरोजगारी समस्याले चर्चा पाइरहेको समयमा, अस्थिर राजनीति र राजनीति दलहरूप्रतिको वितृष्णा, मैले प्राप्त गरेको शिक्षा त्यसबाट हासिल ज्ञान, सीप, क्षमता र दक्षता आदिको कारणले स्नातक सम्मको पढाइ पूरा हुँदा पनि न त स्व-रोजगार बन्न सकेँ, न त कुनै सरकारी गैरसरकारी निकायमा जागिर खाने तारतम्य मिल्न सक्यो।कमजोर आर्थिक अवस्था र घर गाउँमा कम उत्पादकत्व क्षेत्रमा हुर्केको र स्वरोजगार बन्न नसकेकोले स्नातक अध्ययन पूरा गर्न सक्ने छन जस्तो लाग्दै छ। दश दशक सहरमा बसेर अध्ययन गर्दा कति चुनौतीको सामना गरेको छु, त्यो चुनौती र सिकाइहरू जीवनको डायरीमा सुरक्षित छन्। आजको मितिसम्म मैले आर्जन गरेको ज्ञान, सीपलाई प्रयोग गर्ने अवसर प्राप्त हुने वातावरण नै देखिएन मेरो देशभित्र। डिग्रीधारी प्रमाणपत्र बोकेर मैले न रोजगारी पाउन सकेँ, न अध्ययनबाट आत्मसन्तुष्टि नै पाउन सकेँ। नेपालमा युवाहरुको लागि केही अवसर नभएर विदेश जानु परेको छ। यस्तो समस्याहरू मलाई मात्र होइन लाखौँ युवाहरुलाई परेको छ।

 

ताजा समाचार