कन्चनपुर नगर विकासका सूचना अधिकारीलाई कलोमोसो

कञ्चनपुर , महेन्द्रनगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले शनिवार दिउँसो भट्टलाई सडकमै कालोमोसो दलेका हुन् ।

​​महेन्द्रनगर नगर विकासको ६३८ विघा जमिन हिनामिना गरेको आरोप लगाउँदै उनीहरूले भट्टलाई कालोमोसो दलेका हुन् ।

भट्टले विकास समितिका अध्यक्ष्य पल्टु रानाको कीर्ते हस्ताक्षर गरी १५ जनालाई जमिन वितरण गरेको संगठनको दाबी छ ।

उनले जमिन उपलब्ध गराइदिने भनि लक्ष्मण चन्दबाट ३० लाख, राजेश्वरी शाहबाट ६० लाख र समर चन्दबाट ४ लाख रुपैयाँ लिएको सो संगठनको आरोप छ ।

 

ताजा समाचार