अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले यसअघि सम्बन्धित निकायबाट हस्तान्तरण नगरी भवनको उद्घाटन गरिएको बताउनु भयो । नगरपालिका भवनको उद्घाटन क्रमै बोल्दै पूर्व मेयरले विरोधका बीच गलत तरिकाले भवनको उद्घाटन गरेको उहाँको भनाई थियो ।
‘हिजो त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेको उहाँको भनाई छ , उनले भने ‘त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएको समेत उहाँले बताउनु भयो ।
उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निर्णय भएको बताउर्दै कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निर्णय भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गरेको उहाँले बताउनु भयो ।
उनले एडिबीले ठूलो रकम खर्चेर भवन निर्माण गरेको अवस्थामा पूर्व मेयरसाप नाम लेख्न आत्तिएको जिकिर समेत गरे ।
उनले गोदावरीको समग्र विकासका लागि सबै दल एक ठाउँमा उभिनु पर्ने बताउनु भयो ।