सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज पुष्कल शर्मा,टंक तिमिल्सिनाको प्रस्तुती रहने

अत्तरिया, कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक दोहोरी गायक पुष्कल शर्माको प्रस्तुती रहने भएको छ । शर्मा मुटु जलाई जलाई, हितको परानी,आयु छोटा छ रे लगायत दजर्नौ गितका गायक हुन् ।

त्यस्तै टंक तिमिल्सिनाका मेरी चम्फा,झ्याम पैतली लगायतका डेउडा गीत चर्चित छन् । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार आज अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ ।

जस्मा टिका जैशी,रेश बिसि,रमेश मल्ल र अमृत नाथ रहेका छन् । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवमा हिजो चर्चित नायक पल शाहको प्रस्तुती रहेको थियो । हिजो पचास हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

 

ताजा समाचार