सुदुूरपश्चिम प्रादेशिक महोत्सव चौथो दिन वा भोलि बहुचर्चित गायिका रचना रिमाल आउने

पौष २८ अत्तरिया, कैलालीको अत्तरियामा जारी आठौं संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० मा चौथो दिन अर्थात पौष २९ गते बहुचर्चित गायिका रचना रिमाल र गायक नरेश योगी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

त्यस्तै धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र मोडल कोपिला सिंह ठकुरीको पनि प्रस्तुती रहने जनाईएको छ । त्यस्तै तेस्रो दिन अर्थात आज शनिबार चर्चित गायक हिमाल सागर , लोक तथा देउडा गायक चेतन बोहरा,गायिका डिक्रा बादि,मोडल रोजी कुवँर र मोडल सोनु कुष्मीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले तेस्रो दिन दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको बताउदै यो दर्शकहरुकै महोत्सव भएकाले आफुहरुले आयोजना गरेको महोत्सवमा आएर बिभिन्न महोत्सब परिषरमा राखेका स्टलहरुको अवलोकन गरिदिन उहाँले अपिल गर्नुभएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघकी सदस्य यशोदा चोखालले हिजोभन्दा आज दर्शकहरुको राम्रो सहभागिता रहेको र दिन प्रतिदिन दर्शकहरुको राम्रो सहभागिता बढ्दै जाने अपेक्षा गरिएको बताउनुभयो ।

अत्तरिया उद्योग वाणिज्य संघले प्रदेशको कृषि,उद्योग,पर्यटन,कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्दै आएको छ ।

 

ताजा समाचार