गरिबको पीडामा मल्हम लगाउँदै समाजसेवी लक्ष्मी

                                सानै उमेरदेखि समाजसेवामा सक्रिय

अत्तरिया,अहिले धेरै जसो मानिसहरुले समाजसेवा कुनै संगठन, संस्था वा पार्टीमा आबद्ध भएर आफ्ना निहित स्वार्थका लागि गरिरहेका हुन्छन । समाजसेवाको खास अर्थ निस्वार्थ ढङ्गले कुनै व्यक्ति, समूह, संस्था, समाज वा समुदायको चुनौती र समस्यालाई समाधान गर्दै त्यसको आवश्यकता पूरा गरि जीवनस्तर माथि उकास्न गरिने एक पवित्र कर्म हो ।

 

तर, अहिले व्यक्तिगत स्वार्थबाट अलग भएर राजनीतिक लाभ नलिइए समाजको भलाईको लागि दिनरात खटिने व्यक्ति निकै कम छन । ती मध्ये एक हुन, कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ निवासी लक्ष्मी बोगटी (कुवँर) । डोटीको विकट पुर्विचौकी गाउँपालिका काडामाण्डौ २०४९ साल पौष १२ गते जन्मिएकी कुवँर २०६८ सालदेखि गौरीगंगा नगरपालिका वडा नम्बर ६ का दिपेन्द्र कुवँर संग विहे गरेर वडाको बनवेहडामा बस्दै आएकी छिन ।

सानैदेखि सामाजसेवामा रुची राख्ने कुवँर ६ वर्षदेखि सामाजसेवामा तल्लीन छिन । दुर्गम ठाउँमा जन्मेकी लक्ष्मी पाँच बहिनी मध्ये साहिली बहिनी हुन् । सानै देखि घरको कमोजोर आर्थिक अवस्थाबाट गुर्जिएकी उनी समाज सुधारको लागि उठाएका आवाजहरु, समाजको लागि गरेका सकारात्मक कार्यहरु, दिन दुःखहरुलाई आपत विपतमा गरेका अनगिन्ती आर्थिक सहयोगहरु र समाज रुपान्तरणमा सधै लागीरहेकी छिन । दुर्गम गाउमा हुर्किय पनि पढाईलाई उनकी आमाले साथ सपोर्ट गरे संगै निकै कडा मेहनत गरेर उच्च शिक्षा हासिल गरेकि उनले १८ बर्षको उमेरमा बिहे गरेकि थिइन ।

सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमानको घरमा पनि धेरै दुख पाएकी थिइन । हरेक दिन पाएको दुखलाई सामना गरि हरेक दिन जसो तसो बित्ने गथ्र्यो । परोपकार र समाज सेवाको माध्यमबाट सामाजिक परिवर्तन गराउन सक्ने अद्भुत क्षमताकी धनी लक्ष्मीले समाजको लागि गरेका सकारात्मक कार्यहरु, दिन दुःखहरुलाई आपत विपतमा गरेका अनगिन्ती आर्थिक सहयोगहरु र समाज रुपान्तरणमा काम गरिरहेकी छिन ।

 

ताजा समाचार