महोत्सवको तेस्रो दिन वा भोली चर्चित गायक हिमाल सागर प्रस्तुती

अत्तरिया, अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा अत्तरियास्थित लामीताल परिसरमा जारी आठौंैँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० मा शुक्रबार बहुचर्चित गायीका शान्तीश्री परियार र चर्चित देउडा तथा लोक गायक सुरेश चोखालको प्रस्तुती रहेको थियो ।

महोत्सवको दोस्रो दिन शुक्रबार उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो ।

त्यस्तै महोत्सवको तेस्रो दिन अर्थात शनिबार चर्चित गायक हिमाल सागर ,लोक तथा देउडा गायक चेतन बोहरा र नृत्यङ्गना रोजी कुवँर,सोनु कुश्मी तथा देउडा गायिका डिग्रा बादीको बेजोड प्रस्तुती रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् ।

 

ताजा समाचार