शान्तिश्री परियारको प्रस्तुती अत्तरिया महोत्सवमा ‘बोल माया’ गुन्जिने

अत्तरिया , कैलालीको अत्तरियामा बिहेवारबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा शुक्रबार गायिका शान्तिश्री परियार लगायत अन्यको प्रस्तुती रहने भएको छ ।

शान्ती अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया,गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायीका हुन् । त्यस्तै डेउडा गायक सुरेश चोखालको प्रस्तुती पनि आजै रहेको छ ।चोखालले आइजा मेरी जसुली लगायतका गीतहरुको प्रस्तुति दिने छन् ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलाकार ब्यबस्थापन समितिका संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ ।जस्मा कृष्ण विक,केशव फुलारा,डिबी निंरकारी र शुसिला कार्की रहेका छन् ।

 

 

ताजा समाचार