डोटी,डोटीको पुर्विचौकि गाउँपालिका वडा नं ५ र ६ का बिपन्न गरिब बालबालिकाहरुलाई न्यानो लुगा सहित भुकम्पले भत्काएका दुईवटा बिद्यालयका सयौं बढि असाय दुखि गरिब एकल महिलाका छोराछोरीहरुलाइ स्कुल ब्याग बितरण गरिएको छ । बिभिन्न सहयोगीदाताहरुको सहयोगमा साजाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरले न्यानो लुगा स्कुल ब्याग बितरण गर्नु भएको हो ।
सामाजिक सेवा भन्ने बित्तिकै हुरुक्क हुने कैलाली जिल्ला गौरिगङ्गा नगरपालिका वडा नं ६ निवासी समाजिक अभियन्ता लक्ष्मी बोगटी कुवर बिभिन्न सहयोगी दाताहरुको सहयोग लगेर यति बेला गत बर्ष भुकम्पले बर्बाद पारेको डोटिको पुर्बि चौकि गाउपालिकाका बिभिन्न बिद्यालयहरुमास्कुल ब्याग, कपि कलम लगायत शैक्षिक सामाग्रीहरु र न्यानो लुगा लगेर सेवामा हुनुहुन्छ ।
सामाजिक अभियान्ता कुवँरका अनुसार अमेरिका निवासी बुद्ध माया तिवारी, गोरीमाया आचार्य, उषा मल्ल साहि एण्ड अर्जुन साहि छोरी मेरिना साहि, साहित्यकार सर्ला श्रेष्ठ त्यस्तै काठमाण्डौ निवासी गोरख केसी एण्ड मुना लामा, किरन कार्जित केयुर,रेस्लिङ खेलाडी मुना श्रेष्ठ युके निबासी समाजसेवी लता गुरुङ समाजसेवी दुबइ बस्ने भुपाल रेग्मीको सहयोगमा दोस्रो चरणमा
डोटीको पुर्बीचौकी गाउपालिका वडा नम्बर ५ र ६ का सय भन्दा बढि बालबालिकाहरुलाइ न्यानो लुगा, टोपी सहित स्कुल ब्याग लगायत सहयोग गरिएको हो ।
वडा नम्बर ५ र तेडि आधारभूत बिध्यालयका प्रधानाध्यापक तेज साउद र वडा नम्बर ६ मा रहेको सरस्वती आधारभुत बिध्यालयका प्र.अ गोपाल खडकाको आग्रहमा एकल महिला, बिपन्न, गरिबका बालबालिकाहरुलाइ सहयोग हस्तान्तरण गरिएको सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवरको भनाई छ ।