कलाकार ऐडीको म्युजिक भिडियो सार्वजनिक

धनगढी, कलाकार विष्णु ऎडीको वियोगान्त स्वर्ग भेट होला की गीतको भिडियो सार्वजनिक गरिएको छ। धनगढीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो।

वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले भिडियो प्ले गरेर गीत सार्वजनिक गरेका हुन्। ऎडीले आफ्नी दिवङ्गत धर्मपत्नी उज्वलादेवी ऎडीको सम्झनामा गीत र भिडियो निर्माण गरेका हुन्। उज्वलाको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो। सुदूर धमाका युटुव च्यानलबाट उक्त भिडियो सार्बजनिक भएको हो।

भीम थापा नायकले सृजना गरेको उक्त गीतको भिडियो निर्देशन पनि भीम थापाले नै गरेका हुन्। गीतमा प्रकाश थापा र गौरी भट्टले स्वर दिएका छन्। गीतमा अभिनय रोजी कुँवर र बिष्णु ऎडीले गरेका छन्। ऎडी नेपाली काँग्रेस बझाङका युवा नेता तथा तरुण दलका केन्द्रिय सदस्य समेत हुन्।

 

ताजा समाचार