बाजुराबाट छुटेको जिप अछाममा दुर्घटना

अछाम,अछाममा जिप दुर्घटना भएको छ। मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार १४ जनामध्ये १३ जना घाइते भएका छन्। घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

एक जना भने सामान्य घाइते छन्। प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो।

 

ताजा समाचार