महिला टी-२० सिरिज : नेपालले तान्जानियासँग खेल्ने

काठमाडौं, चार देशीय महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने भऐको छ ।

यही नोभेम्बर १५-१९ मा हङकङमा नेपाल, तान्जानिया, जापान र आयोजक हङकङ चाइनासहित चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।

 

ताजा समाचार