धनगढी, मानव बेचबिखनको जोखिममा परेका तीन सय ८८ महिलाहरुको कैलालीबाट उद्धार गरिएको छ। बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई शान्ति पुनस्र्थापना गृह कैलालीले गत वर्ष तीन सय ८८ जनाको उद्धार गरेको हो। सो अवधिमा कञ्चनपुरबाट पनि दुई सय ४४ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना गृहले जनाएको छ।
गत वर्षको साउन महिनामा कैलालीबाट २३, कञ्चनपुरबाट २९, भदौ महिनामा कञ्चनपुरबाट १७, कैलालीबाट ३४, असोज महिनामा कञ्चनपुरबाट १४ र कैलालीबाट २३ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। त्यस्तै कात्तिक महिनामा कञ्चनपुरबाट ९, कैलालीबाट २५, मंसिर महिनामा कञ्चनपुरबाट १४, कैलालीबाट ४२, पौष महिनामा कञ्चनपुरबाट १२, कैलालीबाट ४०, माघ महिनामा कञ्चनपुरबाट १८ र कैलालीबाट ४२ महिला तथा बालबालिकाको उद्धार गरिएको छ।