काठमाडौं, कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतक प्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुल्सन र रोहितले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्यो ।