गोदावरीले जाजरकोटमा भूकम्प पिडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १ लाख सहयोग

अत्तरिया , भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा १ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ । यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न गोदावरी नगरपालिका अत्तरियाम कैलालीले सबैमा अपील समेत गरेको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठुलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाल नगरपालिका संघ सुदुरपश्चिम प्रदेश दुःख व्यक्त गर्दछ । यो बिपतको समयमा सुदुरपश्चिमका सम्पुर्ण नगरपालिकाहरुलाइ आ-आफ्नो तर्फबाट राहत र सहयोग गर्नका लागि हार्दिक अपिल गर्दछु।

विनाशकारी भूकम्पमा परी घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै सोही भुकम्पमा परि दिवंगत हुनुभएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह लगायत सम्पुर्ण दिबंगत भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै । साथै, मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति मेरो व्यक्तिगत तर्फबाट र नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन ।

गोदावरी नगरपालिका कैलालीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छन ।

 

ताजा समाचार