काठमाडौं , टी-२० विश्वकप क्रिकेट छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाली टिमले दोस्रो विकेट गुमाएको छ ।
दशौं ओभरमा नेपालका गुल्सन झा २२ रन बनाएर आउट भए । २४ बल खेलेका उनले ३ चौकाको मद्दतमा २२ रन बनाएका थिए ।
यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई ११ रनमा गुमाएको थियो । अहिले क्रिजमा आसिफ शेखलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् । युएईविरुद्ध नेपालले १३५ रनको लक्ष्य पछ्याइरहेको छ ।