अत्तरियामा बिगतको तुलनामा दशैँका बेला चोरी डैकैती कम

अत्तरिया , कैलालीको गोदावरीमा दशै को बेला बिगतको भन्दा चोरी डकैतीका घटना खासै भएनन् । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दशै अगाडि जुवा तास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

यो अबधिमा गम्भीर प्रकारको अन्य कुनै घटना घटेको छैन। प्रहरी को तैनाथी पनि बढाइएको कारण घटनामा कमि आएको मालाखेती प्रहरीले जनाएको छ ।

मालाखेतीका डिएसपी गणेश बरालले यो पटक दशै को बेला एउटा दुर्घटना बाहेको त्यस्तो अन्य कुनै घटना नभएको बताए ।

“यो अब सबै को सकारात्मक सहयोग नै हो , दशैको बेला त्यस्तो केही भएको छैन । हाम्रो तैनाथी पनि थियो ।बजार बसपार्क क्षेत्रमा २५ वटा जति सिसी क्यामेरा पनि जडान छन् । सबै क्यामेरा एक्टिभ नै छन् । चोकमा लाइट जडान छ त्यसको प्रभाबले पनि बजारमा हुने अपराधीक घटना मा कमि आएको होला,” बराल ले भने ।

डिएसपी बरालले तिहार छ्ड सम्म नै बजार बसपार्क क्षेत्रमा भिडभाड हुने भएकाले स्वयं ब्यक्ति पनि सतर्क रहनुपर्ने बताए ।

 

ताजा समाचार