अत्तरिया, कैलालीको गोदावरी – २ तेघरीबाट एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले चोरी मुद्दाको जरिवाना रकम एघार हजार दुइ सय पचास सहित १ महिना कैद सजाय तोकिएको ३६ बर्षिया रक्किल मगरलाई पक्राउ गरेको हो ।
उनलाई कैलाली अदालतले २०६७ साल असार ३१ गते उक्त सजाए सुनाएको थियो । त्यस यता उनी फरार रहेका थिए । उनलाई घरबाट नै पक्राउ गरेको हो ।