अत्तरिया ,देउडा गायक टेक बहादुर बोगटी र गौरी भट्टको “न फुल बास छाडी”बोलको गित सार्वजनिक भएको छ ।
चर्चित देउडा गायिका गौरी भट्ट र टेक बहादुर बोगटी स्वरवद्ध गरेको गित Ramesh Bijuli BC (Director) युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । मौलिक पन झल्कने देउडा गितको कुमार मटेलीको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना गाएक स्वयम बोगटीले नै गरेका छन ।
रमेश बिजुली बिसि को निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा र अमर आउजी र बम बहादुर चन्दले अभिनय गरेका छन । यसपटक पनि ठट्यौली देउडा गित बजारमा ल्याएका छन । यस गितको म्यूजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी डोटीको रन्तोलामा छायाङ्कन गरीएको गाउँ परवेश लाई भिडियोमा कैद गरी छायाड्ढन गरीएको हो ।