बैतडी, छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् ।चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका –५ कद्वारस्थित भीरबाट दुईसय मिटर तल मृत भेट्टिएका हुन् ।
सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै, भीरबाट लडेर पाटन नगरपालिका वडा ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिक रहेको लिसान्गड भीरबाट लडेका थिए ।
भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी लैजाँदैगर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ । रासस