सिवाईसी क्लबले दर्शै तिहारलाई लक्षित गरी पिङ हाल्यो, पिङको उद्घाटन अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहराद्धारा

अत्तरिया, कैलालीको अत्तरियामा रहेको न्यु सृजनशिल युवा क्लबले दर्शै तिहारलाई लक्षित गरी पिङ हालेर पर्व मनाउने तयारी गरेको छ । क्लबको आयोजनामा हालिएका पिङ उद्घाटन अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिह बोहराले रिबन काटे्र गरेका थिए ।

उद्घाटन् गर्दै अध्यक्ष बोहराले भने पुरानो संस्कृतिको झलको देखिने काम यस न्यु सृजनशिल युवा क्लबले गरेको बताए । यस क्लबले हाम्रो यो क्षेत्रमा धेरै राम्रो काम गरी रहेको मैले पाएको छु ,भने । हाम्रो हातबाट र उद्योग वाणिज्य संघको तर्फबाट हुने कुनै पनि सहयोग हर बखत हामी तयार रहेको समेत उनले प्रतिबद्धता गरेका थिए । दशैं तिहारको समयमा युवाहरूलाई रमाइलो दिन र हराउँदै गएको संस्कृति संरक्षण गर्न पिङ हालिएको युवा क्लबका सदस्य अनिश सिहले बताउनुभयो ।

“शहर बजार र गाउँघरमा दशैं सुरु हुने माहौलमा रम्न थालिसकेको छ । दशैंको रमझमसँगै पिङ खेल्दै रमाउने बेला भइसकेको सदस्य सिहले बताए । दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । यही ओझेलमा परेको परम्परा संरक्षण गर्ने अभियान चलेको उनले बताए ।

पुरानो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने धारणाले अभियान सुरु गरिर आज पिङ हालिएको बताएका थिए । बाबु बाजेको पालादेखि सुरु भएको परम्परा र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले यस क्लबका युवाहरुको सहकार्यमा पिङ हालिइको समेत उनले बताए । उक्त कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका सदस्य ज्ञानेन्द्र खड्का , नेकपा एमाले नगर कमिटी सदस्य तथा स्थानिय युवा नेता बिक्रम बिष्ट लगायत क्लबका सदस्य र युवाहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार