अत्तरिया –कैलालीको अत्तरियामा रहेको सत्यबती एकेडेमीले फुड फेस्टिभल तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । बिधालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी दसैं तिहारको अबसरमा शुभकामना आदानप्रदान गरेको हो । अभिभाबक र बालबालिकाको उपस्थितीमा सांगितिक कार्यक्रम समेत गरिएको छ । सत्यबती एकेडेमी यस क्षेत्रका अधिक बिधार्थी अध्ययन गर्ने निजी क्षेत्रको बिधालय हो ।
फुड फेस्टिभल आकर्षण
कार्यक्रममा फुड फेस्टिभल आकर्षण रहेको छ ।
झण्डै १ दर्जन खानाका बिभिन्न परिकार बनाउने स्टलहरु राखिएका छन । बालबालिकाले आँफैले खाध सामाग्री तयारी परेका हुन ।
पानीपुरी देखी म .म सम्मका परिकारहरु बिधार्थीहरुले बनाएको बिधालयका प्रमुख वीर बहादुर कडायतले बताए ।
उनले भने – ‘बिधार्थीको क्षमता बिकास र ब्यबसायिक कुराहरुको ज्ञान दिनको लागी उनिहरु स्वयमलाई संगलग्न गराइएको हो । यसबाट उनिहरुलाई ब्यापारमा कसरी लाग्ने, खान कसरी बनाउने लगाएतका कुराहरु तर्फ आकर्षण गर्न खोजिएको हो ।’
यस्तै अभिभाबक डम्मर साउँदले फुड फेस्टिभल बिधार्थीहरुका लागी निकै उपयोगी बनेको बताए । साउँदले फुड फेस्टिभल मार्फत बिधार्थीहरुलाई भोलीका दिनहरुमा ब्यबसायिक बन्न प्रेरित गर्ने बताए ।
फुड फेस्टिभल कार्यक्रममा बिधार्थी र अभिभाबक निकै रमाएका थिए ।