यूएईले दियो नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौँ , त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

आज (बुधवार) मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० बनायो ।

यूएईका लागि बासिल हमिदले ५१ रन तथा अली नासरले ३२ रनको योगदान गरे । कप्तान मुहम्मद वासिम १७, आसिफ खान १५, आलिसान शाराफु ६ रन तथा मोहम्मद फराजुदिन र खालिद शाह शून्य रनमा आउट भए ।

नेपालका लागि करण केसीले ३, गुल्सन झाले २ विकेट तथा अविनाश बोहरा र सोमपाल कामीले १-१ विकेट लिए ।

 

ताजा समाचार