गोदावरीका विष्णु भट्ट शुक्रबार साँझदेखि सम्पर्कविहीन

धनगढी , कैलालीको गोदावरी नगरपालिकाका एक किशोर हराएका छन् । गोदावरी–१ का १६ वर्षीय विराज भनिने विष्णु भट्ट शुक्रबार साँझदेखि हराएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश बरालले विष्णु शुक्रबार घरबाट हराएको भन्दै परिवारका सदस्यले खोजीका लागि निवेदन दिएको बताए ।

घरबाट एक्लै निस्किएका भट्टको खोजी भइरहेको प्रहरीले जनाएको छ । भट्ट आफन्त तथा परिवारका कुनै पनि सदस्यको सम्पर्कमा नआएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका हुन् ।

उनलाई कतै देखेमा नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आफन्त र प्रहरीले आग्रह गरेका छन् ।

 

ताजा समाचार