कैलालीको स्याउलेबाट १०७ सालका कडी सहित तीन जना पक्राउ

अत्तरिया , प्रहरीले कैलालीमा झन्डै ६३ क्युफिट बराबर को अबैध काठ बरामद गरेको छ । आज बिहान प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटीएको प्रहरी टोलिले गोदावरी – ८ सुर्यदय सामुदायिक वन भित्रबाट आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३१५७ नम्बर को ट्रकबाट उक्त काठ बरामद गरेको हो ।

ट्रकमा १ सय ७ थान सालका कडी रहेको प्रहरीले जनाएको छ । ट्रक साहु सोही ठाउँ बस्ने देबराज भट्ट , काठ मालिक मदन छेडाल र ट्रक चालक बैतडी पाटनका सिद्धराज भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटना को अध्यन भैरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार