धनगढी , प्रधानमन्त्री पुष्पकमल दाहालआज बझाङ आउँदैैछन्। भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी बिहान १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ आउँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर ५२ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन र १२ बजेर २३ मिनेटमा चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको परकम्प गएको छ।