डडेल्धुरा, परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले प्रतिवद्धता बमोजिम जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सञ्चालन गरेका छन् ।
डडेल्धुराको भित्रीमधेस क्षेत्रमा रहेको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका नागरिकहरुलाई मध्यनजर गरि दन्त उपचार सेवा सुरु गरिएको हो।
दाँत सम्बन्धि विभिन्न समस्याको गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यसहित उक्त सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।
नगरप्रमुख भरत बडायर जोशीले यस अघि नगरपालिकाका दिर्घरोगिहरुको निःशुल्क स्वास्थ्य विमा गरेका थिए ।
यसैगरि जोगबुडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, गर्भवति महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, ओपिडि टिकट निःशुल्क र थप एम्बुलेन्सको ब्यवस्था गरिएको छ ।
जोगबुडा अस्पताललाई १०० शैयाको अस्पताल र प्रदेश स्तरिय अस्पतालको लागि पहलका साथै स्वास्थ्य सेवालाई थप व्यवस्थित गरिएको मेयर जोशीले बताए ।
गुणस्तरीय तथा प्रभावकारी बनाउन जनशक्ति एबं अन्य स्रोतको सुनिश्चितता र व्यवस्थापनका लागि निरन्तर लागिपरेको उनको भनाइ छ ।