प्रदेश अध्यक्षले बोलाएको छलफलमा उपस्थिति नहुने एक नेताको दाबी

अत्तरिया, नेकपा एमाले सुदुरपश्चिम प्रदेश अधिबेशनको लागी गोदावरी नगरपालिकाबाट प्रतिनिधि चयनको लागि भएको मतदान अनिश्चित कालका लागि बन्द रहेको छ ।

मतदानमा झन्डै ५ सय ७७ मत खसेको छ । गोदावरीमा एमालेका संगठित सदस्य १ हजार ९११ रहेका थिए । मतदान सकिएपछि आज सम्म पनि मत गणना हुन सकेको छैन् । निर्बाचन प्रक्रिया प्रती असन्तुष्ट रहेको संस्थापन इतर पक्ष भने सहभागी भएन ।

एमाले प्रदेश सदस्य कृष्णराज सुवेदी, दामोदर रिजाल, यम भण्डारी लगाएतको समूह सहभागी नभएको हो । निर्बाचनमा भने दुबै पक्षको उम्मेदवारी परेको थियो । तर मतदानमा प्रदेश सदस्य हरि सिँ साउँद र नगर अध्यक्ष गोकर्ण भट्ट पक्षीय नेताहरु सहभागी थिए ।

असन्तुष्ट समुहका १६ जनाले एमाले प्रदेश कार्यालयमा निबेदन दिएका थिए । लगत्तै प्रदेश अध्यक्ष दामोदर भण्डारीले निर्बाचनको मत परिणाम घोषणा नगर्न निर्बाचन समितिलाई पत्र पठाएको थियो ।

सोही पत्रको दबाबमा मत गणना बन्द रहेको छ । नेकपा एमाले गोदावरी प्रतिनिधी छनोट निर्वाचनमा सहभागी भएका एक पक्षका नेता हरि सिंह साउदलाई निर्वाचनका विषयमा बुझ्दा अहिले जिल्ला कमिटीमा यस विषयमा छलफल भइ रहेको बताए। केही समय पछि सुप इन्चार्ज छविलाल विश्वकर्मा र केन्द्रीय कमिटी सचिव लेखराज भट्ट पनि छलफलमा सहभागी हुने उनले बताएका छन् ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीले केहि व्यक्तिका कुरा सुनेर गलत निर्णय गरेको उनको भनाई छ । प्रदेश अध्यक्ष भण्डारीले बोलाएको छलफलमा हामी उपस्थिति नहुने उनले बताए । नेकपा एमाले हाम्रो पनि पार्टी हो। केही उम्मेदवार साथीले गरेको कार्य गलत रहेको उनको दाबी छ ।

अर्को पक्ष नेता कृष्ण राज सुवेदीले भने हामीले निर्वाचन नगरौं भनेको होईन । निर्वाचनका प्रक्रियाहरु नमिलेकाले छलफल गरौं भनेको हो । त्यही कुरा निर्वाचन समितिलाई भन्दै गर्दा केही साथीहरुले निर्वाचन अगाडी बढ्यो केही हुँदैन भनेर म लगायतका केही साथीहरुलाई निर्वाचन स्थलबाट बाहिर गरेको थियो ।

त्यसपछि के भो हामीलाई थाहा छैन् । अहिले सम्म पनि त्यस बिषयमा कुनै किसिमको छलफल आएको छैन । एमालेको असोज २१ र २२ गते प्रदेश अधिबेशन हुँदै छ ।

 

ताजा समाचार