कञ्चनपुर,कञ्चनपुरमा लागू औषधसहित चारजना पक्राउ परेका छन् ।
जिल्ला भिमदत्त नगरपालिका वडा नं.६ ऐठपुरबाट ३.३९ ग्राम अवैध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित कृष्णपुर नगरपालिका ५ मा बस्ने २० वर्षिय सुवास चन्द समेत तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले चन्दको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी मंगलबार साझ उनिहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।