नेकपा एमाले गोदावरीको मतगणना अनिश्चित कालका लागि बन्द

अत्तरिया, नेकपा एमाले सुदुरपश्चिम प्रदेश अधिबेशनको लागी गोदावरी नगरपालिकाबाट प्रतिनिधि चयनको लागि भएको मतदान अनिश्चित कालका लागि बन्द रहेको छ ।

मतदानमा झन्डै ५ सय ७७ मत खसेको छ । गोदावरीमा एमालेका संगठित सदस्य १ हजार ९११ रहेका थिए । मतदान सकिएपछि आज सम्म पनि मत गणना हुन सकेको छैन् । निर्बाचन प्रक्रिया प्रती असन्तुष्ट रहेको संस्थापन इतर पक्ष भने सहभागी भएन ।

एमाले प्रदेश सदस्य कृष्णराज सुवेदी, दामोदर रिजाल , यम भण्डारी लगाएतको समूह सहभागी नभएको हो । निर्बाचनमा भने दुबै पक्षको उम्मेदवारी परेको थियो । तर मतदानमा प्रदेश सदस्य हरि सिँ साउँद र नगर अध्यक्ष गोकर्ण भट्ट पक्षीय नेताहरु सहभागी थिए ।

असन्तुष्ट समुहका १६ जनाले एमाले प्रदेश कार्यालयमा निबेदन दिएका थिए । लगत्तै प्रदेश अध्यक्ष दामोदर भण्डारीले निर्बाचनको मत परिणाम घोषणा नगर्न निर्बाचन समितिलाई पत्र पठाएको थियो ।

सोही पत्रको दबाबमा मत गणना बन्द रहेको छ । अहिले सम्म पनि त्यस बिषयमा कुनै किसिमको छलफल आएको छैन । एमालेको असोज २१ र २२ गते प्रदेश अधिबेशन हुँदै छ ।

 

ताजा समाचार