अत्तरिया ,डडेलधुराको आलिताल गाउँपालिकामा अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते घाइते भएका छन्।
भीमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना भएको प्रहरिले जनाएको छ ।
बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ। वीरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।