अत्तरिया , कैलालीको अत्तरियामा लागूऔषध दुव्र्यसनी बिरुद्धको महाअभियान बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ। मालाखेती ईलाका प्रहरी कार्यालय र गोदावरी नगरपालिकाको सहकार्यमा कार्यक्रम संचालन गरिएको थियो। उक्त कार्यक्रमको उद्देश्य भनेको जुन अहिलेको जल्दोबल्दो समस्या लागुऔषध दुव्र्यसनी रहेको बिषयमा छलफल गरिएको थियो।
लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न स्थानीय तहबाटै पहल र वडाका टोल टोलमा सचेतना कार्यक्रम चलाउनुपर्ने सहभागी प्रतिनीधीहरुको भई रहेको थियो । हामी सबै मिली लागूऔषध दुव्र्यसनी अन्त्य गर्रौ । भने मुल नारा सहित मालाखेती ईलाका प्रहरी कार्यालय प्रमुख गणेश बरालको संयोजक्तमा नगरस्तरिय लागूऔषध नियन्त्रण महाअभियान २०८० संजाल कमिटी गठन गरिएको छ । उक्त संजालले अब नगरपालिका र प्रहरी कार्यालय मालाखेती सहित प्रत्येक वडामा संजाल कमिटी गठन गर्ने जानकारी दिएका थिए । ।
उपस्थिती रहेका सम्पुर्ण व्यक्तिको भनाई के थियो । भने ‘लागूऔषध चुनौतीको रुपमा अघि बढेको चिन्ता सबैले व्यक्त गरेका थिए। लागूपदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । आज सबै भन्दा बढी प्रभाग युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुव्र्यसनीबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो ।
सरकारले संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध हुने बेला आएको छ । आगामी दिनमा सरकारले अझै बढी ध्यान दिन, जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने र पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान सरकारले चलाउनु पर्ने छ ।
लागूऔषध बिरुद्ध प्रहरी कार्यालयले न्यूनीकरण गर्दै आएको प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी संस्थाका विभिन्न निकायहरु,राजनैतिक दलहरु, नागरिक समाज, निजि क्षेत्र एवम लागूऔषधसँग सम्बन्धीत बिज्ञहरुको पनि महत्त्वपूर्ण भुमिका रहने डिएसपी बरालले बताएका थिए। कार्यक्रममा युवाहरू,विभिन्न विद्यालयका शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि उपस्थित भएका थियो।