काठमाडौं , संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।
दुई छोराहरू विदेशमा रहेको र उनीहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्येष्टि गर्न लागिएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने उनले बताए।